धनगढीमा पाँच तले घरबाट हाम फालेपछि एक व्यवसायीको मृत्यु


 


धनगढी, माघ १० । धनगढीमा पाँच तले घरको छतबाट हाम फालेका एक व्यवसायीको मृत्यु भएको छ ।

छतबाट हाम फालेका धनगढी उपमहानगरपालिका–४ बसपार्कमा रहेको सन्दीप स्टोरका सञ्चालक ५३ वर्षीय सन्तोष अग्रवालको नवजीवन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

पारिवारिक विवादका कारण उनले बुधवार विहान करिब साढे ११ बजेतिर हाम फालेको बताइएको भएपनि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १० माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्