आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु


 


महोत्तरी, माघ १० । औरही नगरपालिका–२ मुसहरीमा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ ।

मुसहरी टोलमा बस्ने ७५ वर्षीया गोलिया देवी सदाको आफ्नै घर अगाडि आगो ताप्ने क्रममा जलेर मंगलबार साँझ मृत्यु भएको हो ।

साडीमा आगो सल्किएर शरीरको विभिन्न भाग जलेर गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुर
धनुषामा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: १० माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्