वनमा गएका बेला करेन्ट लागेर मृत्यु


 


धनगढी, माघ १० । घोडाघोडी नगरपालिका–१० पहलमानपुर बस्ने ४० वर्षीय धन बहादुर शाहको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको छ ।

सोही ठाउँस्थित तुलसीपुर सामुदायिक वनमा करेन्ट लागेर गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै करेन्ट लागेर अन्य एक जना घाइते भएका छन् । घाइतेको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: १० माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्