जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ


 


काठमाडौं, माघ १० । एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा नुवाकोट शिवपुरी गाउँपालिका–४ घर भई ठमाडौंको टोखा नगरपालिका ग्राण्डी बस्ने २५ वर्षीय निरन्जन बुढाथोकी पक्राउ परेका छन् ।

बुढाथोकीले ती महिलालाई काठमाडौं ग्राण्डीस्थित ग्रिनसिटी गेष्ट हाउसमा २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: १० माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्