श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ


 


सल्यान, माघ १० । श्रीमतीको हत्या गरेको आरोपमा छत्रेश्वरी गाउँपालिका–५ लेखपोखरा बस्ने २३ वर्षीय मोहन पुनलाई प्रहरीले पक्राउ गरेको छ ।

२८ वर्षीया श्रीमती सिमा कँवर भन्ने पार्वती कँवरको हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले उनलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।

पार्वती आफ्नै घरमा सोमबार दिउँसो मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त भएपछि अनुसन्धान गर्ने क्रममा मोहनले आपसी झै–झगाडामा सिमाको हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

श्रीमतीको हत्या गरेर फरार रहेका पुनलाई जंगलमा लुकिछपि बसेको अवस्थामा फेला पारी पक्राउ ज्यान सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत सल्यानबाट ८ दिन म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १० माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्