हनुमान मन्दिर र ब्रह्मस्थानमा आगजनी


 


रौतहट, माघ १०। रौतहटको ईशनाथ नगरपालिकास्थित एक विद्यालयमा रहेको हनुमान मन्दिर र ब्रह्मस्थानमा आगजनी भएको छ ।

ईशनाथ ५ जटहाराटोलस्थित सामुदायिक स्कुलको प्राङ्गणमा रहेको हनुमान मन्दिर र विद्यालय नजिक रहेको ब्रहमस्थानमा अज्ञात समूहले आगजनी गरेको हो ।

आगजनीबाट हनुमानको मूर्ति र ब्रह्मस्थानमा क्षति पुगेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिइनर । उनका अनुसार कसैले पराल राखेर दुवै मन्दिरमा आगजनी गरेको देखिएको छ ।

घटनाको खबरलगत्तै जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठ र सशस्त्र प्रहरी प्रमुख एसपी माधव रेग्मी सहितको टोली घटनास्थल पुगेको र छानबिन सुरु गरिएको प्रवक्ता गिरीले जानकारी दिइन् ।

स्थानीयवासीले सामाजिक सदभाव बिगार्न यस्ता अराजक गतिविधि गरिएको आरोप लगाएका छन् ।

प्रकाशित मिति: १० माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्