पोखरामा जिप दुर्घटना, तीन जना घाइते


 


पोखरा, माघ १० । पोखरामा जिप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

सराङकोटबाट पोखरा आउँदै गरेको ग ३ च २६०३ नम्बरको जिप पोखरा १८ ग्यारजातीमा दुर्घटनामा परेको हो ।

घाइतेमध्ये जिप चालक कृष्णबहादुर थापाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

जिपमा सवार चन्द्रकला थापा, हिमकला थापा सामान्य घाइते भएका छन् ।

प्रकाशित मिति: १० माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्