बम्जनविरुद्ध जाहेरी दिने किशोरीका बुबाको ट्याक्टरको ठक्करबाट मृत्यु


 


काठमाडौं, माघ १० । धर्मगुरु रामबहादुर बम्जनविरुद्ध जाहेरी दिने एक पीडित किशोरीका बुबाको सवारी दुर्घटनामा मृत्यु भएको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका(९, कोरुङ खोलामा ट्याक्टरले ठक्कर दिँदा गम्भीर घाइते भएका किशोरीका बुबाको उपचारका क्रममा जिल्ला अस्पताल, सिन्धुलीमा मृत्यु भएको हो ।

डकाहाबाट भिमालतिर जाँदे गरेको प्र २(०४(००१ ट ००१० नम्बरको ट्याक्टरले दुई वटा मोटरसाइकललाई ठक्कर दिको थियो ।

त्यसमध्ये बा ५८ प ९१४१ नम्बरमा सवार किशोरीको बुबाको मृत्यु भएको सिन्धुली प्रहरी प्रमुख एसपी राजकुमार सिलवालले जानकारी दिए । अर्को मोटरसाइकल ना ११ प ५७५० मा सवार अर्का व्यक्तिलाई उपचारपछि डिस्चार्ज भएका छन् ।

प्रहरीले चालक र ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । बम्जनको घटनासँग जोडेर पनि दुर्घटनाको अनुसन्धान हुने एसपी सिलवालले बताए ।

५ वर्षदेखि फरार रहँदै आएका बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको थियो । जिल्ला अदालत, सर्लाहीको आदेशपछि उनी अहिले पुर्पक्षका लागि थुनामा रहेको छन् ।

प्रकाशित मिति: १० माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्