३ असईसहित २४ प्रहरी सम्पर्कविहीन, सेवाबाट हटाउने हेडक्वाटरको चेतावनी


 


काठमाडौं । लामो समयदेखि सम्पर्कविहीन भएका २४ प्रहरीलाई सात दिनभित्र कार्यालयमा हाजीर हुन प्रहरी प्रधान कार्यालय, नक्सालले निर्देश गरेको छ।

प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गर्दै एक महिनाभन्दा बढी समयदेखि गैरहाजीर रहेका तीन जना असईसहित २४ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देश गरेको हो ।

प्रहरी महनिरीक्षकको सचिवालयका अनुसार ३ जना प्रहरी सहायक निरीक्षक (असई), तीन जना प्रहरी सहायक हवलदार र १८ जना प्रहरी जवान एक महिनाभन्दा बढी समयदेखि आफूखुशि गैरहाजिर रहेको जानकारी दिएको छ।

उनीहरूको खोजतलास गर्दा पनि सम्पर्कमा नआएकाले प्रहरी प्रधान कार्यालयले सात दिन भित्र स्पष्टिकरणसहित सम्पर्कमा आउन निर्देशन दिँदै सूचना जारी गरेको हो।

प्रहरी प्रधान कार्यालयले उनीहरूलाई सात दिनभित्र पनि सम्पर्कमा नआए प्रहरी नियमावलीका अनुसार सेवाबाट हटाइने चेतावनी दिएको छ।

प्रकाशित मिति: १० माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्