आफ्नो क्षेत्रमा चिनियाँ बेलुन उडिरहेको ताइवानको दाबी


 


एजेन्सी । ६ वटा चिनियाँ बेलुन आफ्नो देशको टापु र उत्तरी हवाई क्षेत्र भएर उडिरहेको ताइवानले दाबी गरेको छ । रक्षा मन्त्रालयले ताइवान वरपरको पानी र हवाई क्षेत्रमा बेलुन उडेको देखिएको जनाएको छ ।

समाचार एजेन्सी एपीका अनुसार सोही क्षेत्रमा चिनियाँ युद्धक विमान र नौसेना जहाजहरू पनि उड्ने गरेका थिए।

एउटा दक्षिणी सहर पिङटुङ नजिकैबाट र अरू ताइवानको महत्त्वपूर्ण नौसैनिक अड्डा रहेको किलुङ बन्दरगाहको उत्तरतर्फ उडेको समाचारमा उल्लेख छ ।

बेलुनहरूमा सैन्य कार्य भए/नभएको भने स्पष्ट छैन । ताइवानलाई चीनले आफ्नो क्षेत्र दाबी गर्दै आएको छ ।

चीनले ताइवानसँगको समुद्री सीमामा पछिल्लो समय बारम्बार बेलुन उडाउँदै आएको छ । ताइवानले यस्ता कदमको निन्दा गरे पनि चीनले भने मौसमी जानकारी लिन बेलुन उडाउने गरिएको बताउने गरेको छ ।

प्रकाशित मिति: १० माघ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्