तीन किलो चाँदी चोरी गरी बिक्री गर्ने र खरिद गर्ने पक्राउ


 


‍‍‍‍‍‍‍‍‍‍‍‍‍ललितपुर, माघ ९ । ललितपुरको महालक्ष्मी नगरपालिका–४ ईमाडोलस्थित शम्भु विश्वकर्माको स्नेहा सिल्भर कारखानाबाट तीन किलो २०७ ग्राम चाँदी चोरी गरेर बिक्री गर्ने र खरिद गर्ने व्यापारीसहित दुई जना पक्राउ परेका छन् ।

चाँदी चोरीको अभियोगमा सिन्धुपालचोक  ईन्द्रावती नगरपालिका–९ फटकसिला घर भई हाल ललितपुर ईमाडोल बस्ने २५ वर्षीय अनिल बराईली र उक्त चाँदी खरिद गर्ने ललितपुर महानगरपालिका–१२ मंगलबजार बस्ने शिवली ज्वर्लसका संचालक ५४ वर्षीय राजन शाक्यलाई प्रहरीले पक्राउ गरेको हो ।

कारखानाबाट उक्त परिमाणको चाँदी चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले चोरीमा संलग्न र खरिद गर्नेलाई पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूमाथि जिल्ला अदालत ललितपुरबाट पाँच दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: ९ माघ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्