सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ


 


‍‍‍‍‍‍‍‍‍‍‍‍‍काठमाडौं, माघ ९ । सामाजिक सञ्जाल फेसबुक तथा ह्‍वाट्सएप मार्फत महिलाको चरित्रहत्या गरेको अभियोगमा तारकेश्वर नगरपालिका–४ बाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले गोरखा भिमसेनथापा गाउँपालिका–२ स्थायी ठेगाना भएका २४ वर्षीय भिमसेन भट्टलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

भट्टमाथि रोजगारीको सिलसिलामा चिनजान भई प्रेम सम्बन्धमा रही, भेटघाटको क्रममा भएका क्रियाकलापको तस्विर तथा श्रव्यदृश्य सम्पादन गरी सामाजिक सञ्जाल फेसबुक तथा ह्‍वाट्सएप मार्फत सम्प्रेषण गरी महिलाको चरित्रहत्या गर्नुका साथै दुःख, हैरानी दिने गरेको आरोप छ ।

महिलाले उनीविरुद्ध उजुरी दिएपछि नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरी टोलीले प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा भट्टको संलग्नता खुल्न आएको जनाएको छ ।

उनीमाथि जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ९ माघ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्