भिजिट भिसामा विदेश जान लागेका ८४ जना विमानस्थलबाट फिर्ता


 


काठमाडौँ, माघ ९ । भिजिट भिसामा विदेश जान लागेका ८४ जना त्रिभुवन विमानस्थलबाटै फिर्ता भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय पछिल्लो २४ घण्टामा कतार, दुबई र बहराइन जान लागेका ८४ जनालाई फिर्ता पठाइएको हो ।

भिजिटको उद्देश्य पुरा नभएका र कागजात नपुगेका यात्रुलाई विदेश जानबाट रोक लगाइएको अध्यागमन कार्यालयका प्रमुख प्रमुख गोगनबहादुर हमालले जानकारी दिए ।

भिजिट भिसालाई दुरुपयोग गरेर विदेश पठाउने र विदेशमा यात्रु बिचल्लीमा पर्न थालेपछि अध्यागमन विभागले कडाइ गरेको कार्यालय प्रमुख हमालले बताए ।

प्रकाशित मिति: ९ माघ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्