भिजिट तथा पर्यटकीय भिसा खुकुलो बन्याे, नयाँ कार्यविधि जारी

काठमाडौँ, माघ ९ । सरकारले भिजिट तथा पर्यटकीय भिसा खुकुलो बनाएको छ ।
यसअघि २०७८ फागुन २५ गते जारी भएको निर्णय खारेज गर्दै भिजिट भिसा र पर्यटकीय भिसामा विदेश प्रस्थान गर्ने प्रक्रिया खुकुलो बनाएको हो ।
यसअघि मिति २०७८ फागुन २५ मा जारी भएको निर्णयलाई गृहमन्त्रीस्तरीय निर्णयबाट खारेज गर्दै नयाँ ६ बुँदे कार्यविधि जारी गरेको छ ।
यससंगै सरकारले अब घुम्ने र परिवार भेट्न जाने यात्रुहरुले सेटिङको नाममा कुनै पनि विचौलियाहरुलाई रकम नबुझाउन र भिजिट तथा पर्यटकीय भिसामा विदेशमा गएर श्रमसँग सम्बन्धित कार्य नगर्न सरकारले सबैमा अनुरोध गरेको छ ।
प्रकाशित मिति: ९ माघ २०८०, मंगलबार