नेप्सेमा झिनो अंकको गिरावट, कारोबार रकम पनि घट्यो


 


काठमाडौं, माघ ९ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा साताको कारोबारको तेस्रो दिन आज (मंगलबार) झिनो अंकले घटेर बन्द भएको छ ।

आज नेप्से ०.४० अंकले घटेर दुई हजार ९८ दशमलव २९ विन्दुमा बन्द भएको हो ।

आज नेप्से परिसूचकसंगै कारोबार रकममा पनि गिरावट आएको छ । नेप्सेमा ४ अर्ब २९ करोड ४५ लाख ६६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार ६ अर्ब ३६ करोड ६० लाख ७० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबार भएका कम्पनीमध्ये १०३ वटाको बढेको छ भने १३७ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ८ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यी कम्पनीहरुमध्ये चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

त्यस्तै, मिडसोलु हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ६।२० प्रतिशतले घटेको छ ।

आज सबैभन्दा बढी हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको ५५ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

प्रकाशित मिति: ९ माघ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्