एसईई चैत १५ गतेदेखि हुने, यस्तो छ परीक्षा तालिका


 


काठमाडौँ, माघ ९ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले माध्यमिक शिक्षा परीक्षा ९एसईई० को परीक्षा तालिका सार्वजनिक गरेको छ ।

बोर्डले आगामी चैत १५ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने एसईईको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

बोर्डले यसअघि सार्वजनिक गरेको वार्षिक कार्यतालिका अनुसार चैतको पहिला साताबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, पहिला साता होली पर्व परेकाले दोस्रो साताबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

परीक्षा तालिकाअनुसार पहिलो दिन चैत १५ गते अनिवार्य अङ्ग्रेजी, दोस्रो दिन अनिवार्य नेपाली विषयको परीक्षा हुनेछ । परीक्षाको अन्तिम दिन चैत २७ गते ग्रेडबृद्धि अन्तर्गतका परीक्षाहरू सञ्चालन हुनेछन् ।

परीक्षा केन्द्रहरूको जानकारी सम्बन्धित शिक्षा विकास निर्देशनालय र शिक्षा विकास तथा समन्वय इकाइबाट हुने बोर्डले जनाएको छ ।

तोकिएको केन्द्र र तालिका अनुसार परीक्षामा सामेल नहुने परीक्षार्थीलाई परीक्षाको अर्को व्यवस्था नगरिने बोर्डले जनाएको छ ।

प्रकाशित मिति: ९ माघ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्