म्यानमारको विमान भारतीय सीमामा दुर्घटनाग्रस्त


 


एजेनसी । आफ३ना भगौडा सेनालाई लिन आएको आएको म्यानमारको एउटा विमान भारतीय सीमामा दुर्घटना भएको छ ।

म्यानमार सेनाको भएको उक्त विमान मिजोरममा दुर्घटनामा परेको सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । दुर्घटनाको बेलामा विमानमा १४ जना सवार थिए ।

विद्रोहीहरूको हमलाबाट बच्नका लागि भागेर भारतीय सीमा क्षेत्रमा आएका सेनाहरूलाई फर्काउन उक्त विमान आएको थियो ।

अवतरणका क्रममा मिजोरम लेंगपुई विमानस्थलमा धावनमार्गबाट चिप्लिएर विमान भीरबाट खसेको थियो । यस घटनामा दुई जना गम्भीर घाइते भएको बताइएको छ ।

अन्य १२ जनालाई भने सामान्य चोटपटक लागेको छ । घाइतेहरूको लेंगपुई अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

पछिल्लो समय म्यानमारमा विद्रोही र त्यहाँको सेनाबिच झडप चलिरहेको छ । सेनामाथि विद्रोही भारी हुन थालेपछि सयौँ सेना भागेर भारतीय सीमामा रहेको मिजोरमको ल्वांग्ताई जिल्लामा आएका थिए ।

सोमबार १८४ जनालाई म्यानमार फिर्ता लगिएको थियो । बाँकी ९२ जनालाई मंगलबार लैजान लागिएको बताइएको छ ।

प्रकाशित मिति: ९ माघ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्