पार्किङ निषेध गरेपछि न्यूरोडका व्यापारी आन्दोलित


 


काठमाडौं, माघ ९ । काठमाडौं महानगरपालिकाले न्यूरोड क्षेत्रमा सवारीसाधन पार्किङ निषेध गराएपछि यहाँका व्यवसायीहरू विरोधमा उत्रिएका छन् ।

पार्किङ निषेध गरेपछि व्यापार गर्ने वातावरण नभएको र ग्राहक पनि नआउने भएको भन्दै व्यापारीहरु सटर बन्द गरेर सडकमा आएर प्रदर्शनमा उत्रिएका हु् ।

अहिले धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध लगायतका क्षेत्रका व्यापारीहरु पसल बन्द गरेर सडकमा उत्रेका छन् ।

प्रकाशित मिति: ९ माघ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्