त्रिविको उपकुलपति बन्न ४३ जनाको आवेदन
काठमाडौं, माघ ९ । त्रिभुवन विश्वविद्यालय ९त्रिवि०को उपकुलपति पदका लागि ४३ जनाले आवेदन दिएका छन् ।
कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खुला प्रतिस्पर्धाको आधारमा उपकुलपति छनोट प्रक्रिया अघि बढाउन निर्देशन दिएपछि उपकुलपतिका लागि आवेदन खुलेको थियो ।
उपकुलपतिका लागि ४१ पुरुष र २ जना महिलासहित ४३ जनाको आवेदन परेको शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीले जानकारी दिए ।
उपलकुलपति बन्ने इच्छा व्यक्त गर्दै आवेदन दिनेहरुमा त्रिविका निमित्त उपकुलपति प्रा।डा। शिवलाल भुसाल, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा।डा। नन्दबहादुर सिंह, त्रिविका पूर्वउपकुलपति प्रा।डा। तीर्थराज खनियाँ, खुला विश्वविद्यालयका पूर्वउपकुलपति प्रा।डा। लेखनाथ शर्मा, पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति प्रा।डा। केशरजंग बराललगायत छन् ।
त्रिविले आवेदकहरुमध्येबाट प्रस्तुतीकरणको मूल्यांकन र अन्तर्वार्ता लिएर सर्वोत्कृष्ट अंक पाउने तीन जनाको नाम शिक्षा मन्त्री नेतृत्वको सिफारिस समितिले कुलपति एवम् प्रधानमन्त्रीलाई बुझाउँछ । ती तीन जनामध्ये एक जनालाई कुलपतिले उपकुलपति नियुक्त गर्ने छन् ।
गत १६ कात्तिकमा प्रा।डा।धर्मकान्त बाँस्कोटा पदावधि सकिएर पदमुक्त भएपछि त्रिभुवन विश्वविद्यालय उपकुलपति विहीन छ ।
प्रकाशित मिति: ९ माघ २०८०, मंगलबार