प्रभु बैंकले शेयरधनीलाई लाभांश नदिने


 


काठमाडौं, माघ ९ । प्रभु बैंकले यसपटक सेयरधनीलाई लाभांश नदिने भएको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले यसवर्ष लाभांश नदिने निर्णय गरेको हो । बैठकदे बरु साधारणसभामा अन्य प्रस्तावहरु लैजाने निर्णय गरेको छ ।

गत आर्थिक वर्षको वित्तीय विवरणहरु साधारणसभामा प्रस्तुत गर्नका लागि राष्ट्र बैंकसँग स्वीकृति लिने निर्णय बैठकले गरेको छ ।

यसअघि बैंकले गत वर्ष सेयरधनीलाई १।५ प्रतिशत नगद र ६।५ प्रतिशत बोनस सेयर दिएको थियो ।

प्रकाशित मिति: ९ माघ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्