जुत्ता र कपडापछि अब खेलौना उत्पादन गर्ने कम्पनीहरु पनि चीनबाट सर्दै


 


एजेन्सी । जुत्ता र कपडा कम्पनीहरुपछि अब खेलौना उत्पादन गर्ने कम्पनीहरुले पनि आफ्नो उत्पादन केन्द्र चीनबाट दक्षिण एसिया र दक्षिण पूर्व एसियामा सार्ने तयारी गरिरहेका छन् ।

ड्रागनबल, तामागोची, एनिमे हिरो र बालबालिकाका लागि भिडियो गेम जस्ता लोकप्रिय ब्रान्डहरू सिर्जना गर्ने जापानी कम्पनी बन्दाईले यी ब्रान्डका केही प्रमुख खेलौना उत्पादन इकाईहरूलाई चीनबाट थाइल्याण्ड र अन्य देशहरूमा सार्ने योजना बनाएको छ।

हसब्रोले पनि तीन वर्षको काेराेना महामारीमा चीनमा उत्पादन कार्यहरू रोकिदा युरोप र अमेरिकामा निर्यात मागहरू पूरा गर्न कठिनाइको सामना गर्नुपर्यो । जसका कारण सो कम्पनी पनि आफ्नो ठूलो हिस्सा उत्पादनका लागि त्यसमा भर पर्न चाहँदैन ।

म्याटेल, जसको सबसे बढी बिक्रि हुने ब्रान्डहरू जस्तै बार्बी डल्स, हट ह्वील कारहरू र मेगा ब्लकहरू हुन्, चीनबाट क्यानडा र मेक्सिको र अन्य क्षेत्रहरूमा सर्दै आफ्नो उत्पादन र आपूर्तिमा आएको बाधाहरू ह्टाउन ठूला कदमहरू चालेको छ। यसले सन् २०१९ मा चीनमा ब्रान्डको पुतली र हट ह्वील कारहरूको निर्माण साइटहरू बन्द गर्यो।

विश्वमा बनाइएका खेलौनाको ७० प्रतिशतभन्दा बढी चीनले बनाउँछ। यसले परम्परागत रूपमा इलेक्ट्रोनिक, मेकानिकल, प्लास्टिक र काठका खेलौनाहरू बनाउँछ।

गुआङ्दोङ प्रान्तको डोङगुआन, ४,००० भन्दा बढी खेलौना उत्पादकहरू भएको चीनको खेलौना उत्पादन गर्ने केन्द्र हो। तर खेलौना उत्पादन उद्योगमा आएको गिरावटलाई ध्यानमा राख्दै, २०१९-२०२४ सम्मको पाँच वर्षमा चीनमा व्यवसायको संख्या वार्षिक औसतले ​​बढ्ने अपेक्षा पूरा हुनसकेको छैन।

प्रकाशित मिति: ७ माघ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्