अयोध्याको राम मन्दिरमा प्राण प्रतिष्ठा गरियो


 


काठमाडौं, माघ ८ । भारतको अयोध्यामा निर्माण भएको राम मन्दिरमा प्राण प्रतिष्ठा गरिएको छ ।

उत्तर प्रदेशको अयोध्यामा रहेको राम मन्दिरमा सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष पूजा गरेर प्राण प्रतिष्ठा गरेका हुन् । उनले दिउँसो १२ बजेर २९ मिनेटमा राम मन्दिरमा प्राण प्रतिष्ठा गरे ।

सन् २०२० अगष्ट ५ मा प्रधानमन्त्री मोदीले उक्त मन्दिरको शिलान्यास गरेका थिए ।

राम मन्दिर निर्माण गरिएको स्थान लामो समयदेखि विवादित थियो। मुस्लिम समुदायले उक्त स्थानमा भत्काइएको बाबरी मस्जिद बनाउनुपर्ने बताउँदै आएका थिए।

सन् २०१९ मा सर्वोच्च अदालतले सो ठाउँमा राम मन्दिर बनाउन आदेश दिएपछि मन्दिरको शिलान्यास भएको थियो।

सोमबार मन्दिर उद्घाटन हुँदा पनि सम्पूर्ण रूपमा बनिनसकेको र मन्दिर नबन्दै प्राण प्रतिष्ठा गर्न नहुने भन्दै केही महन्थहरूले विरोधसमेत जनाएका थिए ।

प्रकाशित मिति: ८ माघ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्