नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा एक चिकित्सक पक्राउ


 


काठमाडौं, माघ ८ । नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सरकारी जागिर खाएको आरोपमा डाक्टर शम्वुद्ध भट्टाचार्य पक्राउ परेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले डा। भट्टाचार्यलाई धवलागिरि हिमाल पोलिक्लिनिक बसुन्धाराबाट पक्राउ गरेको कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीले जानकारी दिए ।

प्रहरीले उनको साथबाट त्रिवि शिक्षण अस्पतालको परिचयपत्र पनि बरामद गरेको जनाएको छ ।

उनले भारतबाट एमबीबीएस उतीर्ण गरेको नक्कली प्रमाणपत्र पेस गरेको र त्यही आधारमा नेपाल मेडिकल काउन्सिलको परीक्षा उत्तीर्ण गरेको आरोप छ ।

प्रकाशित मिति: ८ माघ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्