बर्दियाको भादा नदीमा एक महिला मृत फेला


 


काठमाडौं, माघ ८ । बर्दिया गुलरिया नगरपालिका–१० लटकनियाघाट स्थित भादा नदीमा एक जना महिला मृत फेला परेकी छन् ।

नदीमा अन्दाजी ५० वर्षीया महिला डुबेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रहरीका अनुसार मृतक महिला भारतको निशानगाडा भन्ने ठाउँको रहेको र उनको मानसिक सन्तुलन ठिक नरहेको पाइएको छ । उनका चार जना छोरा रहेको तथा एक बुहारिको नाम सुनिता रहेको भन्ने बुझिएको प्रहरीले जनाएको छ ।

यस घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको बर्दिया प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ८ माघ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्