भिरबाट लडेर दुई जनाको मृत्यु


 


डोटी, माघ ८ । डोटीको बडिकेदार गाउँपालिका– ३ स्थित पातलको भिरबाट लडेर एक जनाको मृृत्यु भएको छ ।

बडिकेदार–२ असुरा बस्ने वर्ष २२ को राजिब मास्की मगर भिरबाट अन्दाजी ७०० मिटर तल मृत अवस्थामा आइतबार दिउँसो फेला
परेका हुन ।

शनिबार दिउँसोदेखिी बेपत्ता भएका उनी खोजतलास गर्ने क्रममा भिरबाट लडेर मृत्यु भएको अवस्थामा फेला परेका हुन ।

यस्तै, बाजुराको खप्तड छेडेदह गाउँपालिका–५ बस्ने वर्ष ६८ की राजुदेवी नेपालीको घर नजिकै रहेको थानकोट भन्ने जंगलबाट स्याउला ल्याउने क्रममा भिरबाट लडेर राति मृत्यु भएको छ ।

गत शुक्रबार दिउँसोतिर जंगलबाट स्याउला ल्याउने क्रममा भिरबाट लडेर गम्भिर घाइते भएकी उनको न्याय हेल्थ अस्पताल बयलपाटा अछाममा उपचारको क्रममा आइतबार राती मृत्यु भएको हो ।

यी दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: ८ माघ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्