कार्की विरुद्धको रिटमा आज विपक्षीले बहस गर्ने


 


काठमाडौँ, पुस ८

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की विरूद्ध परेको रिट माथि सर्वोच्च अदालतमा जारी सुनुवाईमा आज देखि विपक्षी का तर्फबाट कानुन व्यवसायीहरुले बहस गर्ने भएका छन् । हिजो पहिलो दिन निवेदकका तर्फबाट वहस सकिए पछि आज देखि विपक्षीको तर्फबाट बहस सुरु हुन लागेका हो ।

कार्कीको अख्तियार प्रमुखमा भएको नियुक्ति गैर संवैधानिक नभएको जस्ता विषय कार्कीको कानुन व्यवसायीहरुले पेस गर्ने छन् । इजलासले हिजो निवेदक पक्षलाई जस्तै आज विपक्षी पक्षलाइ पनि बसहका लागि समय तोक्ने बताईएको छ ।

न्यायाधीश इश्वर प्रसाद खतिवडा, आनन्द मोहन भट्टराई र अनिलकुमार सिन्हाको पुर्ण इजलासमा कार्कीको नियुक्ति सम्बन्धि योग्यता, सेवा सुविधा निलम्वन, म्याद तामेलीमा अवरोध लगायतका रिटमा एक मुष्ठ सुनुवाइ भइरहेका हो । ५० भन्दा बढी कानुन ब्यवसायीले कार्कीको पक्षमा बहसका लागि नाम टिपाएका छन् ।

प्रकाशित मिति: ८ पुस २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्