काँडेतारमा बेरिएको अवस्थामा बाघ मृत फेला


 


धनगढी, माघ ८ । कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ स्थित अमरावती सामुदायिक वनमा बाघ मृत अवस्थामा फेला परेको छ ।

जंगलमा घेरबार लगाएको काडे तारमा घाँटी बेरिएको अवस्थामा आइतबार दिउँसो बाघ मृत फेला परेको प्रहरीले जनाएको छ ।

बाघ मृत अवस्थामा फेला परेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी अमरावतीबाट खटिएको प्रहरी टोलीले मृत बाघलाई आवश्यक अनुसन्धानको लागि वन डिभिजन कार्यालय पहलमानपुरको जिम्मा लगाएको छ ।

प्रकाशित मिति: ८ माघ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्