अमेरिकामा हिम आँधीबाट ९० जनाको मृत्यु, आपतकाल घोषणा


 


वासिङ्टन डीसी । अमेरिकामा हिमआँधीका कारण ९० जनाको मृत्यु भएको छ । हिम आँधी र हिउँसँग सम्बन्धित दुर्घटनाहरूमा मानिसहरुको मृत्यु भएको हो ।

अमेरिकाको टेनेसी राज्यमा मात्रै २५ जनाको मृत्यु भएको छ भने ओरेगनमा १६ जनाको मृत्यु भएकोछ । ती दुवै राज्यमा आपतकाल लगाइएको छ ।

देशभरमा कयौँ स्थानमा बिजुली र खानेपानीको आपूर्ति ठप्प छ । यो हप्ताको मध्यसम्म पनि स्थितिमा सुधार नआउने बताइएको छ ।

टेनेसी र ओरेगनमा ठुलो सङ्ख्यामा मृत्यु भएको भएपनि इलिनोइस, पेन्सिल्भेनिया, मीसीसीपी, वासिङ्टन, केन्टुकी, विस्कन्सिन, न्यूयोर्क, न्यूजर्जी र अन्यत्र पनि मृत्युका घटनाहरू भएका छन् ।

गएको बुधवार पोर्टल्यान्डमा शक्तिशाली आँधीका कारण बिजुलीको तार खसेर कारमा झर्दा करेन्ट लागेर एकै स्थानमा ३ जनाको ज्यान गएको थियो ।

प्रकाशित मिति: ८ माघ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्