इजरायली आक्रमणमा हालसम्म २५ हजार प्यालेस्टाइनीको मृत्यु


 


एजेन्सी । इजरायली आक्रमणका कारण गाजापट्टीमा मृत्यु हुने प्यालेस्टाइनीहरूको सङ्ख्या २५ हजार नाघेको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

गत अक्टोबर ७ मा इजरायल(हमास द्वन्द्व शुरु भएदेखि ज्यान गुमाउने प्यालेस्टाइनीको कुल सङ्ख्या २५ हजार १०५ पुगेको मन्त्रालयले जनाएको छ । यस्थै हालसम्म घाइतेहरूको सङ्ख्या ६२ हजार ६८१ पुगेको छ ।

इजरायली सेनाको आक्रमणबाट गत २४ घण्टामा मात्रै प्यालेस्टिनी एन्क्लेभमा १७८ प्यालेस्टाइनीको हत्या भएको छ भने अन्य २९३ जना घाइते भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: ८ माघ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्