मञ्जुश्री फाइनान्सले गर्यो लाभांश वितरण


 


काठमाडौं, माघ ८ । मञ्जुश्री फाइनान्स लिमिटेडले यस वर्षको नगद लाभांश वितरण गरेको छ ।

कम्पनीले गएको पुस २५ गते सम्पन्न १६औं वार्षिक साधारण सभाबाट पारित ५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

पुस ८ गतेसम्म कायम शेयरधनीहरूको हितग्राही खातामा उल्लेख बैंक खातामै कम्पनीले नगद लाभांश वितरण गरेको हो ।

हालसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका शेयरधनीहरूलाई यथासिघ्र अद्यावधिक गराई लाभांश प्राप्त गर्न समेत कम्पनीले आग्रह गरेको छ ।

प्रकाशित मिति: ८ माघ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्