मोटरसाइकल दुर्घटना हुँदा एक भारतीयसहित दुई जनाको मृत्यु


 


बुटवल, माघ ८ । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

नगरपालिकाको जडा नम्बर ३ लंकापुरमा आज बिहान भएको दुर्घटनामा एक भारतीय नागरिकसहित दुई जनाको मृत्यु भएको हो ।

लु ५८ प २७२८ र यूपी ५५ बल १११२ नम्बरको भारतीय मोटरसाइकल एक आपसमा ठोक्किँदा कपिलवस्तुको शुद्धोधन गाउँपालिका–५ टोल हथिहवाका ४५ वर्षका शिवकुमार यादव र भारत सिद्धार्थनगरका २४ वर्षीय धीरज चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी निरीक्षक किशोर केसीले जानकारी दिए ।

उनीहरूको शव पोस्टमार्टम गरी रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ८ माघ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्