अयोध्यामा निर्मित मन्दिरमा भगवान श्रीरामको प्राणप्रतिष्ठा आज


 


काठमाडौँ । भारतको अयोध्यामा आज नयाँ मन्दिरमा भगवान् रामको अभिषेक गरिने भएको छ । समारोहमा सहभागी हुन भारत र विदेशबाट धेरै पाहुनाहरू अयोध्या पुगिसकेका छन् ।

यसमा पूर्व राष्ट्रपति रामनाथ कोविन्द, पूर्व उपराष्ट्रपति वेंकैया नायडू, मुकेश-नीता अम्बानी, गौतम अडानी, अमिताभ बच्चन, रजनीकान्त सामेल छन्।

प्रधानमन्त्री नरेन्द्र मोदी बिहान १० बजेर २० मिनेटमा अयोध्या पुग्नेछन् । बिहान मंगल ध्वनिबाट कार्यक्रमको सुरुवात हुनेछ । बिहान १० बजेदेखि विभिन्न राज्यका ५० भन्दा बढी वाद्य यन्त्रहरूले ध्वनि तरङ्गहरू फैलाउनेछन्।

रामको मूर्तिको प्राण(प्रतिष्ठाको ऐतिहासिक अनुष्ठान दिउँसो १२ः२० बजे प्रधानमन्त्री मोदी र मुख्यमन्त्री योगी आदित्यनाथ, सन्त समाज र भीभीआईपी व्यक्तिहरूको उपस्थितिमा हुने कार्यक्रम छ ।

प्रकाशित मिति: ८ माघ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्