आज भगवान रामको ससुराली जानकी मन्दिरमा बालिँदै सवा लाख दियो


 


काठमाडौं । जनकपुरधामको जानकी मन्दिरमा आज सवा लाख दियो बालिँदै छ ।

भारतको अयोध्यामा आज राम मन्दिरको उद्घाटन हुने र भगवान रामको मूर्तिको प्राणप्रतिष्ठा हुने भएकाले भगवान रामको ससुराली जनकपुरधामस्थित जानकी मन्दिरमा आज सवा लाख दियो बाल्न लागिएको हो ।

भारतमा राम मन्दिरको प्राणप्रतिष्ठा हुने दिन साँझ १ लाख २५ हजार दियो बाल्नुका साथै विशेष आरतीको पनि आयोजना गरि आजको दिन उत्सवको रुपमा मनाउने योजना रहेको जानकी मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

राम मन्दिरको उद्घाटन हुने दिन दुवै देशका लागि विशेष महत्वको दिन भएकाले दियो बाल्ने कार्यक्रममा सबैलाई उपस्थित हुन पनि आग्रह गरिएको छ ।

प्रकाशित मिति: ८ माघ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्