उपेन्द्रले भवन शिलान्यास गर्नुअघि जनमतले लगायो कृषि विश्वविद्यालयमा ताला


 


जनकपुर, माघ ७ । सत्ता साझेदार जनमत पार्टीका कार्यकर्ताले कृषि विश्वविद्यालयमा ताला लगाएका छन् ।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेश सरकारबाट सञ्चालित कृषि विश्वविद्यालयको भवन शिलान्यास गर्नुपुर्व नै जनमतले विश्वविद्यालयमा ताला लगाएको हो ।

मधेश प्रदेश सरकारबाट सञ्चालित कृषि विश्वविद्यालयको भवन भोलि शिलान्यास कार्यक्रम तय भएको छ ।

जनमतले विश्वविद्यालयमा राजनीतिकरण रोक्नुपर्ने, डीपीआरमा भ्रष्टाचार भएकाले छानबिन गर्नुपर्ने, परीक्षा बोर्डबिनै लिइएको परीक्षाको छानबिन गर्नुपर्ने लगायत माग राखेको छ ।

प्रकाशित मिति: ७ माघ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्