भारतबाट रुस गइरहेकाे जहाज अफगानिस्तानमा दुर्घटना


 


काठमाडौं, माघ ७ । भारतबाट रुस जाँदै गरेको रुसी जहाज अफगानिस्तानमा दुर्घटना भएको छ ।

भारतबाट उज्वेकिस्तान हुँदै मस्को जान लागेको जहाज दुर्घटनामा परेको रसियन नागरिक उड्डयन प्राधिकरणलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

उक्त जहाज अफगानिस्तानको बदाक्षन प्रान्तको पहाडी क्षेत्रमा दुर्घटना भएको अफगानिस्तानको टोलो समाचार संस्थाले जनाएको छ ।

रसियाली अधिकारीहरुका अनुसार चार्टर गरिएको जहाजमा ६ जना यात्रु थिए ।

प्रकाशित मिति: ७ माघ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्