माइतीघरमा प्रदर्शन गर्ने नेविसंघका कार्यकर्ता पक्राउ


 


काठमाडौँ, माघ ७ । माइतीघरमा प्रदर्शन गर्ने सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ स‌ंगठन नेपाल विद्यार्थी संघका केही कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँको माइतीघरमा लगाइएको निषेधाज्ञा हटाउनुपर्ने मागसहित नेविसंघले आइतबार विरोध प्रदर्शनको आयोजना गरेको छ ।

संघको काठमाडौँ जिल्ला कार्यसमितिले निषेधित क्षेत्र घोषणा गरेको माइतीघर नै पुगेर विरोध प्रदर्शन गरेको हो ।

उनीहरूले ‘माइतीघरको निषेधाज्ञा खारेज गर १, अभिव्यक्ति स्वतन्त्रता कायम गर’ जस्ता प्लेकार्ड बोक्नुका साथै नाराबाजी समेत गरेका थिए ।

प्रकाशित मिति: ७ माघ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्