सडक दुर्घटनामा एमबीबीएस अध्ययनरत दुई विद्यार्थीको मृत्यु


 


वीरगन्ज, माघ ७ । वीरगन्जमा मोटरसाइकल दुर्घटनामा परेर दुई जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।

वीरगन्ज महानगरपालिका–१५ मा मधेस प्रदेश २–०३–०२१ प ५४३२ नम्बरको मोटरसाइकल दुर्घटनामा एमदीबीएस अध्ययनरत धनुषा ५ का सुमित यादव र बारा सुवर्णपुरका सञ्चित यादवको मृत्यु भएको हो ।

पर्सा प्रहरीले जनाए नुसार मृतक दुवैजना वीरगन्जको नेशनल मेडिकल कलेजमा एमबीबीएस दोस्रो वर्षमा अध्ययनरत थिए ।

मोटरसाइकल तीव्र गतिमा रहेकाले अनियन्त्रित भई दुर्घटना भएको पर्सा प्रहरीका प्रवक्ता कुमारविक्रम थापाले जानकारी दिए ।

मृतक दुवै जनाको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति: ७ माघ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्