बाटोमा हिँडिरहेका ६५ वर्षीय वृद्धमाथि चक्कु प्रहार


 


दाङ, माघ ७ । दाङमा एक ६५ वर्षीय वृद्धमाथि चक्कु प्रहार भएको छ ।

जिल्लाको बबई गाउँपालिका-२ का ६५ वर्षीय टीका खत्रीमाथि ६० वर्षीय पर्शाराम खत्रीले चक्कु प्रहार गरेका हुन् । चक्कु प्रहारबाट उनी गम्भीर घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलका अनुसार शनिबारराति १० बजेतिर बाटोमा हिँडिरहेका टीकालाई पर्शरामले बाँया कोखामा चक्कु प्रहार गरेर फरार भएका थिए ।

घाइते टीकालाई राति ११ बजे तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि ल्याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि राति नै बाँकेको कोहलपुर मेडिकल कलेजका लागि रिफर गरिएको छ।

चक्कु प्रहार गरी फरार रहेका पर्शरामलाई आइतबार बिहान मात्रै नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय खिलतपुरले नियन्त्रणमा लिएको छ ।

डिएसपी पोखरेलका अनुसार पुरानो रिसिबीका कारण पर्शरामले टीकामाथि चक्कु प्रहार गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ।

यसबारे थप अनुसन्धान हुन भइरहेक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ७ माघ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्