जनकपुरबाट अयोध्या जाने रेललाई भारतले दिएन अनुमति


 


जनकपुरधाम, माघ ७ । जनकपुरबाट भारतको अयोध्या जाने भनिएको विशेष रेल सेवा रद्द गरिएको छ ।

भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा जाने भनिएको रेललाई भारतले अनुमति नदिएपछि उक्त रेल सेवा रद्द गरिएको हो । भारतले सुरक्षाको कारण देखाउँदै अनुमति नदिएको जनाएको हो ।

नेपाल रेल्वे कम्पनीका प्रबन्धक निरञ्जन झाका अनुसार शनिबार अपराह ४ बजेदेखि टिकट बुकिङ खुला गरिएको थियो । उक्त रेल आज (आइतबार) बिहान ६ बजे अयोध्या प्रस्थान गर्ने कार्यक्रम थियो ।

प्रकाशित मिति: ७ माघ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्