देश संकटतिर धकेलिँदैछ, सरकार बोझ भयो : प्रदीप ज्ञवाली


 


चितवन, माघ ७ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बर्तमान सरकार देशका लागि बोझ बनेको बताएका छन् ।

प्रेस चौतारी चितवनले भरतपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा ज्ञवालीले सरकारका कारण देश संकटतिर धकेलिएको बताए ।
सरकार ‘मल्टिपल अर्गान फेलियर’ हुन लागेको मान्छे जस्तो अवस्थामा पुगिसकेको भन्दै उनले तत्काल ढाल्न सक्ने अवस्थासमेत नरहेको बताए ।

देशको अर्थतन्त्र विकराल अवस्थाबाट गुज्रिरहेको, भ्रष्ट्राचार बढेको, युवा पलायन बढेकोले देश संकटतर्फ उन्मुख भइरहेको उनले बताए ।

सरकारमा बस्ने केही सीमित व्यक्ति बाहेक यो सरकारसँग कोही पनि सन्तुष्ट नरहेको उनको दाबी छ । ‘सत्ता गठबन्धनकै मान्छे सन्तुष्ट छैनन्। कांग्रेसको ठूलो हिस्सा, माओवादीको तल्लो तहका कार्यकर्ताहरुले सरकारको डिफेन्स गर्न छाडेका छन्,’ ज्ञवालीले भने ।

प्रकाशित मिति: ७ माघ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्