नवलपुरमा श्रीमानले गरे गर्भवती श्रीमतीको हत्या


 


चितवन, माघ ७ । नवलपुरको हुप्सेकोटका एक व्यक्तिले गर्भवती श्रीमतीको हत्या गरेका छन् ।

जिल्लाको हुप्सेकोट गाउँपालिका वडा नं. ६ बिरुखर्कका ३३ वर्षीय शेरबहादुर लम्कामगरले ाठमहिनाकी गर्भवती ३४ वर्षीया श्रीमती चनिसरा लम्कामगरको हत्या गरेका हुन् ।

आज बिहान एक बजे शेरबहादुरले घरमै सुतिरहेकी श्रीमती चनिसरालाई कोदालो र खुर्पा प्रहार गरेर हत्या गरेको पाइएको नवलपुरका प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए ।

उनका अनुसार श्रीमतीको हत्या गर्ने शेर बहादुरलाई प्रहरीले घरबाटै पक्राउ गरिएको छ र नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ७ माघ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्