सुनको मूल्य बढ्यो, चाँदीको घट्यो


 


काठमाडौं, माघ ७ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

सुन आज तोलामा चार सय रुपैयाँ बढ्दै प्रतितोला एक लाख १८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन गत शुक्रबार प्रतितोला एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँ घट्दै प्रतितोला एक हजार चार सय ९० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ७ माघ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्