भाेजपुरका अग्नि पीडितलार्इ सुनसरीमा रहेका भाेजपुरेहरूले गरे सहयाेग


 


भाेजपुर, पुस ८

भाेजपुरका अागलागी पीडितलार्इ सुनसरीमा रहेका भाेजपुरेहरूले अार्थिक सयहाेग प्रदान गरेका छन् । भाेजपुरकाे विभिन्न ठाउँबाट सुनसरीकाे इटहरी उप महानगरपालिका वडा नं १७,२० र २२ मा बसाेबास गर्ने भोजपुरेहरुबाट १ लाख २७ हजार नगद सहयाेग प्रदान गरेका हुन् ।  भाेजपुर सदरमुकामकाे भोटेपसलमा अागालागीबाट पीडितहरूका लागि  प्रमोद शेर्पा,पेशल कुमार लम्साल, कृण्ण गिरी, शान्तिराम ओझा, देवीप्रसाद लुइटेल र मित्रप्रसाद अधिकारीको समुहले जम्मा गरेको नगद भोजपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी राजन पाण्डेलार्इ श्यामसिला गा.वि.स.का पुर्व गा.वि.स.अध्यक्ष तथा हाल इटहरी उप महानगरपालिका वडा नं १७ का प्रमोद शेर्पाले हस्ताणतरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा ने.क.पा. एमाले भोजपुरका अध्यक्ष प्रेमकुमार राई, उपाध्यक्ष देवीराम चौलागाई, भोजपुर बहुमुखी क्याम्पसका शैक्षिक योजना तथा ब्यबस्थापन विभाग प्रमुख दावा शेर्पा, नेपाल पत्रकार महासंघ भोजपुरका का.बा अध्यक्ष एक्सन राई अग्नी पीडित लालबहादुर वि.क लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: ८ पुस २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्