यु-१९ विश्वकप क्रिकेट : आज न्युजिल्यान्डसँग खेल्दै नेपाल


 


काठमाडौं । यु-१९ विश्वकप क्रिकेटमा नेपालले पहिलो खेल आज न्युजिल्यान्डसँग खेल्दै छ । खेल आज दिउँसो पौने २ बजे दक्षिण अफ्रिकामा हुनेछ।

यु-१९ विश्वकपमा नेपालले ८ वर्षपछि न्युजिल्‍यान्डसँग खेल्न लागेको हो।

यु-१९ विश्वकपमा नेपाल र न्युजिल्यान्डबीचको यो तेस्रो भेट हो । यसअघिका दुवै खेलमा नेपालले जित निकालेको थियो।

यस्तो छ नेपाली टिम

देव खनाल (कप्तान), अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सनकुमार झा, दिपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दिपक बोहरा, दीपक बोहरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलकराज भण्डारी, आकाश चन्द ।

प्रकाशित मिति: ७ माघ २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्