कोशी प्रदेशमा पहिचान पक्षधरसँग वार्ता गर्न टोली गठन


 


काठमाडौं, माघ ६ । कोशी प्रदेश सरकारले पहिचान पक्षधरहरूसँग वार्ता गर्न तीन सदस्यीय टोली गठन गरेको छ ।

आज (शनिबार) बसेको मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुको नेतृत्वमा वार्ता टोली गठन गरेको हो ।

टोलीको सदस्यमा पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल छन् ।

वार्ता टोलीमा सबैभन्दा ठूलो दल नेकपा एमाले र दोस्रो ठूलो दल नेपाली कांग्रेसको प्रतिनिधित्व भने छैन ।

तत्कालीन प्रदेश १ लाई कोशी प्रदेश नामाकरण गरिएपछि पहिचान पक्षधरहरूले विभिन्न किसिमका संघर्षका कार्यक्रम गर्दै आएका छन् ।

प्रकाशित मिति: ६ माघ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्