माइतीघरको निषेधाज्ञा हटाउन माग गर्दै प्रदर्शन


 


काठमाडौं, माघ ६ । बृहत नागरिक आन्दोलनले माइतीघरको निषेधाज्ञा हटाउन माग गर्दै प्रदर्शन गरेको छ ।

शनिबार बबरमहलस्थित नेपाल कला परिषद् भवन अगाडिको सडकमा बृहत नागरिक आन्दोलनका केही व्यक्तिहरूले प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।

उनीहरूले माइतीघरमा निषेधाज्ञा जारी गरेर जनताको अधिकारको संकुचन गरिएको बताएका छन् ।

उनहरुले प्लेकार्डमा ‘लोकतान्त्रिक स्थानको संकुचन नगर’, ‘माइतीघरको निषेधाज्ञा खारेज गर’ लगायतका लेखेर प्रदर्शन गरेका हु् ।

प्रकाशित मिति: ६ माघ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्