एनआरएनएले धरान रेडक्रस सोसाईटीलाई दियो मोबाइल ब्लड बस


 


काठमाडौं, माघ ६ । गैरआवासीय नेपाली संघ ९एनआरएनए० ले कोशी प्रदेशको धरान रेडक्रस सोसाईटीलाई मोबाईल ब्लड बस हस्तान्तरण गरेको छ ।

धरानमा शुक्रबार एक कार्यक्रम गरि गैरआवासीय नेपाली संघले सुनसरी जिल्ला शाखाद्वारा संचालित रक्तसंचार सेवा केन्द्र धरानको लागि ब्लड मोबाइल बस हस्तान्तरण गरेको हो ।

सो मोबाइल ब्लड बस संघका अध्यक्ष डा। बद्री केसी र कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले रेडक्रस सोसाइटी सुनसरीका अध्यक्ष उमेश थापालाई हस्तान्तरण गरे ।

सो अवसरमा मुख्यमन्त्री केदार कार्कीले गैरआवासीय नेपालीहरुलाई कोशी प्रदेशको समृद्धिको लागि सहकार्य गर्न आग्रह गरेका छन् । कोशी प्रदेशमा लगानीका प्रशस्त सम्भवना रहेकाले समृद्ध कोशीको लागि लगानीका सम्भावित क्षेत्रमा सहकार्य गर्न गैरआवासीय नेपालीहरुसंग मिलेर काम गर्न प्रस्ताव गरे।

गैरआवासीय नेपाली संघका अध्यक्ष डा। बद्री केसीले नेपालमा लगानीको लागि गैरआवासीय नेपालीहरु सक्रिय रहेको बताए । विदेशीहरुको लगानीभन्दा गैरआवासीय नेपालीहरुको लगानी दिगो हुने अध्यक्ष डा. केसीको भनाइ छ ।

प्रकाशित मिति: ६ माघ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्