काठमाडौंका यी ठाउँमा सात दिनसम्म विद्युत अवरुद्ध हुने (तालिकासहित)


 


काठमाडौं, माघ ६ । काठमाडौंमा भोलि (आइतबार)देखि विभिन्न स्थानमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै विद्युत सेवा अवरुद्ध हुने जानकारी गराएको हो ।

नेपाल विद्युत प्राधिकरण महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले विद्युत सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

बिहान ९ देखि दिउँसो १ बजेसम्म विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार माघ ७ गते महाराजगञ्ज मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्र, ८ गते चपली घुम्ती चोकदेखि बूढानीलकण्ठसम्मको क्षेत्र, ९ गते गणेश चोकदेखि स्पेसल चोकसम्मको क्षेत्र १० गते चपली घुम्ती चोक, पासीकोट क्षेत्रहरूमा विद्युत् आपूर्ति हुने छैन ।

११ गते चपली भंगाल, चपली घुम्ती चोकदेखि भद्रकाली स्कुलसम्मको क्षेत्र १२ गते गोल्फुटारदेखि ह्याम्स हस्पिटलसम्म १३ गते गणेश चोकदेखि स्पेसल चोकसम्मको क्षेत्रसम्म विद्युत् सेवा बन्द हुनेछ ।

प्रकाशित मिति: ६ माघ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्