रूससंग मन्त्री साउँदको आग्रह– सेनामा भर्ना गरेका नेपालीलाई फिर्ता गरिदिनु, नयाँ भर्ना नगर्नु


 


काठमाडौं, माघ ६ । परराष्ट्रमन्त्री एनपी साउदले रुससँग नेपाली नागरिकहरुलाई रुसी सेनामा भर्ना नलिन र भर्ना भएका नेपालीलाई स्वदेश फिर्ता गरिदिन आग्रह गरेका छन् ।

युगाण्डाको राजधानी कम्पालामा जारी नाम शिखर सम्मेलनका क्रममा रुसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनसँग शुक्रबार भएको भेटघाटका क्रममा उनले यस्तो आग्रह गरेका हुन् ।

उनले वर्सिनिनसंग केही मुलुकसँग परम्परागत व्यवस्थाबाहेक विदेशी सेनामा नागरिक पठाउने नेपालको नीति नरहेको जानकारीसमेत गराएकोे बताए ।

परराष्ट्रमन्त्री साउदले युक्रेनसँगको युद्धका क्रममा मृत्यु भएका नेपालीको शव स्वदेश फिर्ता गरिदिन र उनीहरुको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइदिन पनि आग्रह गरेका छन्।

प्रकाशित मिति: ६ माघ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्