पाकिस्तान क्रिकेट बोर्डका अन्तरिम अध्यक्षद्वारा राजीनामा


 


इस्लामाबाद । पाकिस्तान क्रिकेट बोर्डका अन्तरिम अध्यक्ष जाका अशरफले शुक्रबार आफ्नो पदबाट राजीनामा दिएका छन् ।

अशरफले शुक्रबार लाहोरमा भएको पीसीबी प्रबन्ध समितिको बैठकबाट राजीनामाको घोषणा गरेका हुन् ।

बैठकको अन्त्यमा अशरफले पीसीबीका संरक्षक प्रधानमन्त्रीलाई राजीनामा बुझाउने निर्णय गरेको बताए।

उनले गत वर्ष जुलाईमा नजम सेठीबाट पीसीबीको अन्तरिम अध्यक्षको जिम्मेवारी लिएका थिए । उनलाई चार महिनाका लागि अन्तरिम अध्यक्ष बनाइएको थियो । पछि प्रधानमन्त्रीले तीन महिनाको म्याद थप गरेका थिए ।

प्रकाशित मिति: ६ माघ २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्